• साउन ५, २०७६
  • जुनकिरी खबर

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

alt

मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

पहिरो खस्ने क्रम रोकिए केही दिनमै बाटो खुलाउन सकिने पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। दुईवटा एक्साभेटरले पहिरो हटाउन प्रयास गरे पनि सम्भव नभएको उनले बताए। ‘पहाडै खसेको छ। बाटो बनाउन खोज्दा माथिबाट पहिरो झरिहाल्छ। मेसिनचालक डरले भाग्छन्,’ प्रजिअ वस्तीले भने, ‘अवरोध हटाउने प्रयासमा छौं। अझै केही दिन लाग्न सक्छ।’

ठूला सहरसँग पूर्वी पहाडलाई जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुले सास्ती भोग्नु परेको छ भने सामान ओसारपसार ठप्प भएको छ। पहिले पनि वर्षाको सिजनमा पटकपटक पहिरोले सडक अवरुद्ध हुने गरेको थियो। तर यो पल्ट भने ठूलो पहिरो गएकाले समस्या जटिल बनेको हो।

खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या भइरहेको छ। सो सडकको विकल्पमा राँके बजारदेखि निवुखोलाबाट पौवा हँुदै गुम्बाडाँडा जोड्ने कच्ची सडक बनाउन सुरु भएको छ। तर पहाडको कच्ची सडक बर्खाले बिग्रिएकाले यो पनि सडक सञ्चालनमा आउन समय लाग्ने देखिएको स्थानीय बताउँछन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]