• असोज २२, २०७८
  • जुनकिरी खबर

विराट मिडिया कप सुरु, ग्रामीण पत्रकार समूह विजयी

alt

विराट न्यूज नेटवर्कद्वारा सञ्चालित विराट टेलिभिजनले आयोजना गरेको प्रथम विराट मिडिया कप फुटबल आजबाट सुरु भएको छ । पत्रकार पत्रकार बिच खेल गर्ने हेतुका साथ आयोजना गरिएको मिडिया कप आजबाट सुरु भएको हो । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीको प्रमुख आतिथ्यताको रुपमा उपस्थित भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीले उपस्थिति रहेको थियो । आगामी असोज २६ गतेसम्म हुने यस प्रतियोगितामा प्रदेश १ का ९ टिमको सहभागिता रहेको छ । यस खेलमा प्रथम हुनले ३० हजार सिल र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले १५ हजार सिल र मेडल प्राप्त गर्ने छन् । उद्घाटन समारोहसँगै आज एक खेल भएको छ । पहिलो खेलमा ग्रामीण पत्रकार समुह बराहक्षेत्र र उद्घोष राष्ट्रिय दैनिक विराटनगरले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो खेल २–० गोल अन्तरले ग्रामीण पत्रकार समुह बराहक्षेत्रले जितको छ । बराहक्षेत्रलाई जिताउन दुबै गोल विजयकुमार राउतले गरेका थिए । दुवै गोल गरेका राउत म्यान अफ दि म्याच घोषित भएका छन् ।

उनले होटल इन टुरिस्टले प्रदान गरेको नगद एक हजार प्राप्त गरे । मिडिया कपमा भोलि दुई खेल हुने छन् । दिउँसो १ बजे आयोजक विराट टेलिभिजन र आजको विजेता बराहक्षेत्रले प्रतिस्पर्धा गर्ने छ भने दोश्रो खेल दिउँसो ४ बजे हिमशिखर टेलिभिजन दमक र सूर्योदय टेलिभिजन बिर्तामोडले प्रतिस्पर्धा गर्ने छन् ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]