• पुस ४, २०७८
  • जुनकिरी खबर

अल्मोडा, प्रकाश सपूत लगायत प्रस्तुतिका लागी इटहरी आउदै

alt

ग्यालरी इभेन्टसले अंग्रेजी नयाँ वर्षको अवसर पारेर इटहरीमा रिफ्रेस नाइट कन्सर्ट आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी पुस १७ गते इटहरी रङ्गशालामा रिफ्रेस नाइट आयोजना गर्न लागेको आयोजकले जानकारी गराएको हो । सो कार्यक्रमका संयोजक विजय गिरीले ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू अल्मोडा राना उप्रेती, प्रकाश सपूत, धर्मेन्द्र सेवान र ‘कालो केसमा रेलीमै गीतका गायक दिनेश ढकाल लगायतका कलाकारहरूले प्रस्तुति दिने जानकारी गराए ।

त्यसै गरी संयोजक गिरीले कार्यक्रमबाट बचेको रकम इटहरीमा मानसिक रोगीहरूलाई समेत संरक्षण गर्दै आएको माया घर नेपाललाई सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा प्रदेश नम्बर १ मै चर्चित बिहानी डान्स सेन्टर इटहरीको प्रस्तुति समेत रहने छ । सांस्कृतिक कार्यक्रमका लागि प्रवेश शुल्क २५० रुपैयाँ राखिएको छ भने भिआईपि पासको लागि १ हजार रुपैया टिकट निर्धारण गरिएको छ । कार्यक्रमका लागि ८ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

३५ सय दर्शकहरुले नाइट कार्यक्रमको मजा लिने आयोजकले दाबी गरेको छ । कोरोनाको जोखिमलाई साबधानी अपनाउदै कन्सर्टमा आउने दर्शकहरुले अनिवार्य मास्क प्रयोगलाई पहिलो प्राथमिक्तामा राखेको जनाइएको छ । कार्यक्रमलाई अझै प्रचारप्रसारमा ब्यापक गर्नका लागि सामाजिक सञ्जाल टिकटक मार्फत पूर्वका लोकप्रिय टिकटकर बिनोद बस्नेत, निलसन जोडी, सुजा राइमाझी, मनिका बोहोरा, अमृत राइ लगायतको सहयोग गरेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]