• माघ १६, २०७८
  • जुनकिरी खबर

बाह्रखरी गल्फ फागुन १३ र १४ गते धरानमा हुने

alt

बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ।

पत्रकार सम्मेलनमा मोरङ उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए। उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको जानकारी गराउँदै भने "उद्योग सङ्गठनसँगै मिलेर जसरी इकोनोमिक समिट आयोजना गरिएको छ । त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ । हामी सबैको मेहनतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो । उद्योग सङ्गठनमा आर्थिक सम्मेलन गर्नेछौँ ।

हामीले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौँ । सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ । त्यसलाई लिपिबद्ध गरेर समिटमा प्रस्तुत गर्नेछौँ । सरकारले गफ मात्रै नभएर नीतिमा सहयोग पुग्ने गरी अघि बढ्नेछौँ ।"

पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फ मात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]