सुनसरीको गढि गाउंपालिकामा दोस्रो डिजीटल गढी प्रिमियर लिग आयोजना हुने भएको छ । ‘गढी खेल मैदान बचाउ, गढी राष्ट्रिय रंगशाला बनाउ’ अभियान अन्तरगत डिजीटल आदर्श गढि निर्माण अभियानको आयोजनामा सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापन र गढि गाउँपालिकाको सयोंजनमा प्रिमियर लिग आयोजना हुन लागेको हो ।
लिग फागुन २५ देखी चैत्र १० गतेसम्म गढि गाउँपालिका २ मा रहेको गढि रगंशालामा हुने इटहरीमा आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । खेलकुदको विकाससगै भविष्यमा राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडीको उत्पादन गर्ने उदेश्य सहित लिग आयोजना गरिएको आयोजक डिजिटल आदर्श गढी निर्माण अभियानका बरिष्ठ उपाध्यक्ष विद्यानन्द यादवले जानकारी दिनुभयो ।
लिग आइसीसीको नियम अनुसार २०÷२० ओभरमा खेलाइने छ । लिगमा जम्मा ३१ खेल हुनेछन् । खेलको अनुमानित वजेट भने ३५ लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । लिगमा पहिलो र दोस्रो हुने टिम विच फाइनल खेल खेलाईने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । साथै उक्त प्रतियोगितामा प्रदेश नम्बर १ र २ बिच महिला क्रिकेटको मैत्रीपुर्ण खेल समेत हुने जनाइएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved