• फागुन ७, २०७८
  • जुनकिरी खबर

पत्रकार महासंघ सुनसरी र रोटरी कल्बबिच मैत्रीपूर्ण फुटसल, पत्रकार विजयी

alt

रोटरी कल्ब अफ इटहरी स्थापना भएको २५ औ वर्ष तथा प्रजातन्त्र दिवसको अवसरमा इटहरीमा नेपाल पत्रकार महासंघ सुनसरी र रोटरी कल्ब अफ इटहरी बिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । 

इटहरी १० स्थित एसडी फुटसलमा आयोजना गरिएको प्रतियोगितामा पत्रकार महासंघ सुनसरी विजयी भएको छ । पत्रकार महासङ्घले आयोजक रोटरी कल्बलाई ७ का विरुद्ध ४ गोल गरेको थियो । महासङ्घका तर्फबाट विवेक भटराई, राजकुमार श्रेष्ठ, धुर्व ढकाल लगायतले गोल गरेका थिए । त्यस्तै रोटरी कल्व अफ इटहरीबाट पुप्प नारायण चौधरी, ज्ञानेन्द्र पराजुली, भुपेन्द्र निरौला र रोनाल निरौलाले गोल गर्न सफल भएका थिए ।

कार्यक्रम रोटरी कल्ब अफ इटहरीकी अध्यक्ष सविना सोभा कोइरालाको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा रोटरी कल्ब अफ इटहरीका पूर्व अध्यक्षहरु अनन्त बिष्ट, लक्ष्मी धिताल, लक्ष्मण हुमागाईँ र (एजी) अनिता अधिकारी समेतको उपस्थिति रहेको थियो । प्रतियोगिताको निर्णायक मुराली अधिकारीले गरेका थिए । रोटरी कल्ब अफ इटहरीको २५ औ स्थापना दिवसको अवसरमा अर्को हप्ताबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको छ । 

FNJ

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]