• फागुन १५, २०७८
  • जुनकिरी खबर

इटहरीमा ह्वीलचियर रन हुने

alt

मार्च १ अर्थात् फागुन १७ गते अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा इटहरीमा ‘ह्वीलचियर रन’ हुने भएको छ । स्पाईनल ईन्जुरी संघ प्रदेश १ को आयोजनामा सुनसरीको इटहरीमा ‘ह्वीलचियर रन’ हुने भएको हो । रनमा २५ जना पुरुष र १५ जना महिलाको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको छ ।

रनमा प्रदेश १ का एक सय भन्दा बढी स्पाईनल ईन्जुरी भएका ह्वीलचियर प्रयोगकर्ताहरु सहभागी रहने संघका प्रदेश १ अध्यक्ष विक्रम घिमिरेले जानकारी दिनुभयो । इटहरी उपमहानगरको वडा नम्बर १ को आँपगाछीबाट हलगडा चौकसम्म रन हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला र पुरुषलाई क्रमश पाँच हजार, चार हजार र तीन हजार प्रदान गरीने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सो कार्यक्रममा दुई लाख २३ हजार खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]