इटहरीमा एक दिने क्रिकेट ब्याटल प्रतियोगिता आयोजना हुने भएको छ । मारवाडी युवा मंच इटहरीद्वारा इटहरीस्थित ग्लोबल डिभीएम स्कुलको खेल मैदानमा चैत्र १२ गते शनिबारका दिन प्रतियोगिता आयोजना हुने भएको हो । बिराटनगरबाट २, दुहबी २, बितीमोड १, धरान १ तथा इटहरीबाट २ टिमको सहभागिता रहने मारवाडी युवा मंच इटहरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
खेलको माध्यमबाट समाज सेवा गर्ने उधेश्यका साथ आयोजना गरिएको, प्रतियोगिताबाट इटहरी उपमहानगरपालिकाको दुर्गम क्षेत्रमाका रहेका सरकारी स्कुलमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने उधेश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रतियोगिताको संयोजक निशान्त खेडियाले बताउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजकमा आरती स्ट्रिप्स, विशेष प्रायोजक अम्बानी होम सोलुशन (गर्ग इन्टरप्राइजेज), सह प्रायोजक मङ्गलम पाइप्स क्लासिक मोटर्स, ग्रीन पलाई, डेल्टा टायर, रेड ब्लु इनरजी ड्रिंक तथा रिलाईयबल बदाम ड्रिंक रहेका छन् ।
प्रतियोगितामा प्रवेश निःशुल्क रहेको र गोला प्रथाद्वारा एक जना भाग्यशाली दर्शकले पाँचहजार रूपैया प्राप्त गर्ने आयोजकद्धारा जानकारी दिइएको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved