• चैत २५, २०७८
  • जुनकिरी खबर

शनिबार इटहरी गोल्डकपको फाइनल : आर्मी र सगरमाथा युथ क्लब मोरङ भिड्दै

alt

इटहरीमा जारी १२ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनल खेल शनिबार हुने भएको छ । इटहरीको रगंशालामा शनिवार विभागीय टिम त्रिभुवन आर्मी फुटवल क्लब काठमाडौँ र सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । बुधवार भएको सेमि फाइनल खेलमा त्रिभुवन क्लबले रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै सगरमाथा युथ क्लबले हिजो विहिवार भएको खेलमा ए डिभिजनको मनाङ–मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेर फाइनलका लागि स्थान सुरक्षित गरेको थियो । यि दुई टिम विचको खेल दिउसो ३ ः ३० बजे सुरु हुने छ । दुबै टिम जित निकाल्ने दाउमा छन् ।

फाइनलमा पुगेता पनि आर्मि जस्तो बलियो टिम सगं प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको तर आफु पनि तयारी अवस्थामा रहेको सगरमाथा युथ क्लबका प्रशिक्षक युवेन गुरुङ्ले बताउनुभयो । यता त्रिभुवनका टिम क्याप्टेट भरत खवासले नेपालमा भइरहेको टुर्नामेन्टहरुमा धेरै जसो ठाउँमा फाइनल खेलिरहेको र यहा पनि पहिलाको डिफेण्डिङ च्याम्पियन भएकाले यसलाई संंरक्षण गर्नुपर्ने भएकाले केहि दबाब भएको बताउनुभयो ।

खेलको विजेताले नगद सात लाख र उपविजेताले नगद तीन लाख ५० हजार हात पार्ने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । त्यसैगरी विधा तर्फ बेस्ट गोल किपर, बेस्ट डिफेन्स, बेस्ट रेफ्रि, बेस्ट मिड फिल्डलाई जनही १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडिलाई भने यमाहाको फ्यासिनो स्कुटर प्रदान गरिने र इटहरीका उदयमान खेलाडिलाई ४० इन्चको एल इ डि टि.भी प्रदान गरिने छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]