• वैशाख ३, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा ३२१ मतदानस्थल ‘अति संवेदनशील’

alt

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ३ सय २१ मतदानस्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थलमध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार  प्रदेशमा  ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए ।

प्रदेशको सबैभन्दा बढी झापाका मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । झापापछि मोरङ र सुनसरीका मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरी त्यहीअनुसार सुरक्षा रणनीति अपनाएको छ । तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएका स्थानीय तहहरूका मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो ।

७ सय ७७ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल रहेको झापामा ५१ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १ सय ५३ संवेदनशील र ८२ सामान्य रहेको जनाइएको छ । झापापछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ४९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।

८ सय २० वटा मतदान केन्द्र र ३ सयवटा मतदानस्थल रहेको मोरङमा संवेदनशील १ सय ५५ र ९६ वटा सामान्य रहेका छन् । मोरङका अति संवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मदानस्थललाई अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी क्षेत्रका मतदानस्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्र पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।

५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदानस्थल रहेको सुनसरीमा ४४ अति संवेदनशील, ८० संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै १ सय ५९ मतदान केन्द्र र १ सय १८ मतदानस्थल रहेको धनकुटामा १५ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।

२ सय ५८ मतदान केन्द्र र ९८ मतदानस्थल रहेको उदयपुरमा १२ अति संवेदनशील मतदान केन्द्र, ५० वटा संवेदनशील र ३६ सामान्य रहेका छन् । २ सय ८५ मतदान केन्द्र र १ सय ५१ मतदानस्थल रहेको इलाममा अति संवेदनशील २९ वटा रहेको छ । इलाममा  ५९ संवेदनशील र सामान्य ६३ रहेको प्रहरीले जनाएको छ ।

१ सय ७६ मतदान केन्द्र र १ सय १ मतदानस्थल रहेको पाँचथरमा २७ अति संवेदनशी, संवेदनशील ६४ र १० सामान्य रहेको छ । ९५ मतदान केन्द्र र ५७ मतदानस्थल रहेको तेह्रथुममा अति संवेदनशील नभएको जिल्ला सुरक्षा समितिले प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरेको छ । तेह्रथुममा १८ मतदानस्थल संवेदनशील र ३९ सामान्य रहेको छ ।

१ सय ६० मतदान केन्द्र र ८७ मतदानस्थल रहेको भोजपुरमा १८ अति संवेदनशील, २३ संवेदनशील र  २४ समान्य रहेको छ । यस्तै १ सय ९४ मतदान केन्द्र र १ सय ३६ मतदानस्थल रहेको खोटाङमा ३५ अति संवेदनशील, ५८ संवेदनशील र सामान्य ४३ रहेको छ । १ सय ५० मतदान केन्द्र र ७९ मतदानस्थल रहेको ओखलढुङ्गामा अति संवेदनशील नभएको, संवेदनशील ६ र सामान्य ७३ रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]