• वैशाख ५, २०७९
  • जुनकिरी खबर

इटहरीबाट दुईजना बालक बेपत्ता

alt

इटहरीमा एउटै कक्षामा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । इटहरी २ देवीथान घर भएका र महेन्द्र माविको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह चैत्र २९ गतेदेखि बेपत्ता भएका हुन ।

विद्यालयमा परीक्षा सकेर घर हिडेपनि दुवैजना अहिलेसम्म घर नआएको बेपत्ता रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिइन । छिमेकी दुवै परिवारले ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएका थिए । तर दुवै बालक अहिलेसम्म फेला पर्न नसकेको निरौलाको दुखेसो छ । 

अहिले विद्यालय प्रशासन, आफन्त र प्रहरीले बालकको खोजी कार्य गरिरहेको छ । आफन्तहरूले बालकको खोजी गरिदिन सबै निकायसँग माग गरेका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ यो नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आफन्तहरूले आग्रह गरेका छन् ।  

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]