मास्टर सेफ सन्तोष साहलाई इटहरीस्थित गोरखा होटलले स्वागत सम्मान गरेको छ । इटहरी रङ्गशालामा शनिबार आयोजना गरिएको फुड एण्ड बेभरेज मेलामा सहभागी हुन इटहरी आएका साहलाई गोरखा होटलको व्यवस्थापन हेदैं आएको द प्राइड हस्पिटालिटीले उनलाई होटलमा सम्मान गरेको हो ।
द प्राइड हस्पिटालिटीका प्रमुख नितेश पोखरेल र होटलका मेनेजर राजेन्द्र आर्चायले सेफ साहलाई खादा ओडाएर सम्मान गर्नुभयो ।
बीबीसी मास्टर सेफमा सहभागी भएर नेपाली खानाको विश्वभर प्रचार गरेका नेपाली सेफ साहले गोरखा होटलले गरेको आतिथ्यताको प्रशंसा गर्नुभएको थियो । साहलाई इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालको समन्वयमा सुनसरीका केही पर्यटकीय स्थलहरू घुमाउने र पर्यटन सम्बन्धी अन्तरकृया गर्ने समेत कार्यक्रम रहेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved