• पुस ६, २०७९
  • जुनकिरी खबर

सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु

alt

सर्लाही / सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने ८० वर्षीय राम भगत माझीको मृत्यु भएको हो ।

पुस ३ गते बिहान ८ बजे राजेन्द्रको चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली पठाएर बुझ्दा राजेन्द्रलाई चिसोले रुखा खोकी लागि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । तर, रौतहटको चपुरमा आइपुग्दा पुस ४ गते बिहान २ बजे उनको मृत्यु भएको थियो ।

मृतकको शव घरमा ल्याई सामाजिक परम्परा अनुसार सदगत गरिसकेपछि प्रहरीलाई घटनाबारे जानकारी आएको थियो ।

त्यसैगरि मंसिर २२ गते बिहान ९ बजे राम भगत माझीको चिसोकै कारण मृत्यु भएको दाबी स्थानीयले गरेका छन् ।

मृत्यु भएकै दिन सामाजिक परम्परा अनुसार माझीको सदगत गरिएको थियो । स्थानीयले मंगलबार दिउँसो प्रहरीलाई घटनाको बारे जानकारी गराएका थिए ।

प्रहरी टोली पठाएर बुझ्दा उनको पनि चिसोले रुखा खोकी, श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]