• पुस ७, २०७९
  • जुनकिरी खबर

विपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा.शर्मा नियुक्त

alt

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।

यस्तै, सञ्चालक परिषद सदस्यमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा. निलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईलाई नियुक्त गरिएको छ ।

तत्कालिन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि गत असोज २६ गते समाप्त भए पश्चात् रिक्त प्रा.डा. शर्मा नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानको ऐन बमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले उनलाई पाँच वर्षको नियुक्ति गर्नुभएको हो ।

त्यस्तैगरी, प्रा.डा. झा तथा डा। भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनित गरिएको छ । उहाँहरुको समयावधि ४ वर्षका लागि हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]