कोसी प्रदेश डेरी उद्योग संघले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । दूधको मूल्यसँगै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो ।
प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरू आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाएको हो ।
अहिले दूधको उत्पादन बढी भएको समयमा उपभोक्तालाईसमेत राहत दिने उद्देश्यले कात्तिक २६ गतेदेखि लागू हुनेगरी मूल्य घटाएको संघले जनाएको छ । घटाएको मूल्यअनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको ४५ रुपैयाँमा पाउनेछन् ।
संघले फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved