• माघ ७, २०८०
  • जुनकिरी खबर

अगुमनलाई प्रभावकारी बनाउन इटहरीमा खाद्य प्रयोगशाला शुरु

alt

इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको परीक्षण गर्न खाद्य प्रयोगशाला पनि सुरु गरेको छ । विशेष गरी खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न प्रयोगशाला सुरु गरिएको हो ।बजार अनुगमनमा जाँदा भौतिक रूपमा आँखाले देख्ने वस्तुको मात्रै निरीक्षण वा परीक्षण गरिन्छ । उत्पादन मिति, प्रयोगको म्याद अवधि हेरेर मात्रै राम्रो वा नराम्रो ठम्याइन्छ ।
तर आँखाले नदेख्ने खाद्य वस्तुमा गरिएको मिसावट त्यसै नजर अन्दान गर्नुपर्ने अवस्था छ । 
 
तर अब इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई प्राथमिकतामा राखेर आँखाले देख्न नसकिने गरी मिसावट गरिएका वस्तुहरूको पनि ल्याबमा परीक्षण गर्नेछ । बजार अनुगमनमा जाँदा शङ्का लागेका वस्तुको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरी गुणस्तर छ या छैन भनी पत्ता लगाउने खाद्य प्रयोगशालाकी खाद्य निरीक्षक अनु अर्यालले जानकारी दिइन । 
 
खाद्य प्रयोगशालाले पहिलो चरणमा ठोस तथा तरल खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने उनले सुनाइन् । अर्यालले भनिन्, ‘ पहिलो चरणमा खाद्य वस्तुको गुणस्तर जाँच गर्नेछौँ, खाद्यवस्तुको तौल,बालुवा ढुङ्गा, मिसावट गरिएका वस्तु,दूध तथा तेल लगायतका तरल पदार्थमा गरिएको मिसावट परीक्षण गर्न सक्छौँ । ’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]