• फागुन ४, २०८०
  • जुनकिरी खबर

केराबारीमा आमा– छोरीमाथि खुकुरी

alt

 मोरङको केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।

केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईलाई खुकुरी प्रहार गर्ने लेटाङ नगरपालिका–१ का ५२ वर्षीय नीरकुमार राई पक्राउ परेका हुन् । पक्राउ परेको राईको साथबाट प्रहरीले खुकुरी र पेस्तोल पनि बरामद गरेको छ ।

खुकुरी प्रहारबाट आमा छोरी टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनीहरुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नीरकुमारसँग सम्बन्ध विच्छेद गरेर श्रीमतीले दोस्रो बिहे गरिछन् । आफूबाट अलग बनाएर श्रीमतीको दोस्रो बिहे गराइदिएको आरोप उनले माइजूलाई लगाउँदै आएको खुलेको प्रहरीले जनाएको छ । माइजूलाई आक्रमण गर्नका लागि नीरकुमार खुकुरी र पेस्तोल बोकेर घरमै पुगेका थिए । घरमै पुगेर पेस्तोल ताक्दै खुकुरीले प्रहार गरेको प्रहरीले बताएको छ ।

पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । त्यसपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेका थिए । प्रतिकारबाट नीरकुमारसमेत घाइते भएको प्रहरीको भनाइ छ ।

खुकुरी हानेका आरोपीको साथबाट एउटा सक्कली र अर्को नक्कली पेस्तोलसमेत फेला परेको छ । एसपी पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको उनले बताए । सक्कली र नक्कली पेस्तोल तथा घटनामा प्रयोग गरिएको खुकुरीसहित नीरकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]