• असोज १३, २०८१
  • जुनकिरी खबर

कोशी सरकारले बाढी पहिरोमा ज्यान गुमाएकालाई राहत दिने

alt

अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदीप बेश्राले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने उनले बताए ।

कोशी प्रदेशमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]