इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । मंगलबार (आज) साँझ ६ः१० बजेतिर इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी हुन् ।
चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved