• कार्तिक १२, २०८१
  • जुनकिरी खबर

चतरामा स्टोन स्किपिंग प्रतियोगिता हुँदै

alt

सुनसरीको वराहक्षेत्रमा कार्तिक १६ गते चतरा नहरमा स्टोनस्किपिङ च्याम्पियनसिप हुने भएको छ। चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको संयुक्त आयोजनामा आगामी सोमबार प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो आयोजना हुन लागेको आयोजकले जनाएको छ । 
 
प्रतियोगितामा विजेताले आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
 
आयोजक समितिका संयोजक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ। उनका अनुसार चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ । 
 
विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ  । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले दाबी गरे । विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन्।
 
चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने जानकारी दिए। गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बू प्रथम, राजेन्द्र कार्की द्वितीय र सञ्चारकर्मी लक्ष्मण कटुवाल तृतीय भएका थिए।
 
गत वर्ष एक सय जनाले सहभागिता जनाएको यस प्रतियोगितामा यस वर्ष सहभागीको सङ्ख्या बढ्ने आयोजकको अपेक्षा छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]