• मंसिर ३, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशमा १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गरिने

alt

कोशी प्रदेशमा १५ दिनभित्रमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको छ । केही दिनयता धेरै सवारी दुर्घटना भएपछि ‘टाइम कार्ड’ लागू गरिने भएको हो । सोमबार इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रुमख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख, एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरे, जनप्रतिनिधिहरू, सडक विभागका प्रतिनिधि, यातायात व्यवसायी संघ, सरोकारवाला निकायसहितको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको हो ।

‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पीड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । आइतबार काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ७५७४ नम्बरको नागरिक यातायातको ठक्करबाट इटहरी १० की सजना यादवको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले बस जलाएका थिए । बस पूर्ण रूपमा जलेको छ भने राति ८ बजेसम्म आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।

खासगरी विद्यालयबाट घर फर्किदैँ गरेकी यादवलाई बस चालकले ठक्कर दिएको र ब्याक गरेर किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि उग्ररूप लिएको थियो । सोही विषयसँगै दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेबारे उपमहानगरमा बैठक बसिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]