कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचान पक्षधरहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ ।
पहिचानको पक्षमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved