• मंसिर ११, २०८१
  • जुनकिरी खबर

कोशीमा पहिचान पक्षसँग वार्ता गर्न समिति गठन

alt

कोशी प्रदेश योजना आयोग सदस्यमा ४ जना मनोनित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एमालेबाट २ र माओवादी केन्द्रबाट २ जना मनोनित गरेको हो ।

योजना आयोगका सदस्यमा एमाले कोटामा काठमाडौंका डा। सिताराम बस्नेत, धरानका किसोर कुमार राई मनोनित भएका छन् । राई जनवादी गायक हुन् । उनको स्वरमा रहेको खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा बोलको गीत चर्चित छ । 

योजना आयोगमा माओवादी केन्द्रको कोटामा धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपाने मनोनित भएका हुन् ।

योजना आयोगको उपाध्यक्षमा भने यसअघि नै एमाले निकट डाक्टर राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् । 

सोमबारको मन्त्रिपरिषद्‌ बैठकले कोशी प्रदेशमा नामको विरुद्ध आन्दोलन गरिरहेको पहिचान पक्षधर र अन्य समूहसँग वार्ता गर्न समिति पनि गठन गरेको छ ।  मन्त्रिपरिषद्‌ बैठकले वार्ता समितिको नाम भने राजनीतिक तथा शान्ति वार्ता टोली राखेको छ ।

टोलीको संयोजकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर छन् । सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसद उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी छन् ।

सदस्य सचिव आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]