• माघ २५, २०८१
  • जुनकिरी खबर

इटहरीका मेयर र एमाले बिच मौखिक सहमति

alt

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भएको छ । मेयर पौडेलको कार्यकक्षमा ताला लगाउने तयारी गरेको एमाले जनप्रतिनिधि सँगको मौखिक सहमतिमा विवाद समाधान भएको हो ।
 
तत्काल प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बिदामा बसेकाले आइतबार लिखित सहमति गर्ने प्रतिबद्धता सहित बिहीबारको वार्ता टुङ्गिएको हो । मेयर पौडेलले एकलौटी रूपमा कर्मचारी सरुवा गरेको र प्रशासन प्रमुख सञ्जीव खड्काले अटेर गरेको भन्दै रुष्ट रहेको एमाले सहमतिमा आएको छ।
 
कर्मचारी सरुवा बदर गर्ने र अधिकृत खड्कालाई माफी माग्न लगाउन मेयर तयार भएपछि सहमति भएको उपमेयर सङ्गीता चौधरीले बताइन् । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको कारण तत्काल कागजी रूपमा सहमति बाहिर ल्याउन नसकिएको हो । पुरानो भुक्तानी दिने र नयाँ योजना सुरु गर्ने विषयमा मेयर सकारात्मक रहेको बताउँदै उनले आइतबारबाट योजना सुरु गर्ने पत्र सम्बन्धित शाखा र वडामा पुग्ने जानकारी दिइन् ।  
 
प्रशासन प्रमुख खड्का र उपमेयर चौधरी सहित एमाले जनप्रतिनिधि बिचको विवादले उग्र रूप लिएपछि उपमहानगरपालिकामा लफडा भएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]