• माघ ३०, २०८१
  • जुनकिरी खबर

इटहरीको खोर्साने खाप जोड्ने पुल कटानको जोखिममा

alt

इटहरी उपमहानगरपालिका ३ स्थित खोर्साने खापको गाउँ बाढीको उच्च जोखिममा परेको भन्दै ड्याम निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ  ।  कोशी प्रदेश सभाको बुधवारको बैठकमा सुनसरीकी सांसद निरादेवी खनालले खोर्साने खापको गाउँ र गाउँ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको भन्दै ड्याम निर्माण गर्न माग गरेकी छिन् । 
 
प्रदेश सभामा बोल्दै सांसद खनालले दुई तिरबाट खोलाले घेरिएको खोर्साने खाप माथिको ड्याम अघिल्लो वर्षको बाढीले फुटाएको बताइन् । यो वर्षको बर्षायाममा खोलाले कटान गरी गाउँ र गाउँ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको भन्दै तत्काल ड्याम निर्माण गर्न माग गरिन् । 
 
‘१५० घरधुरी बसोबास गर्ने खोर्साने खापका बासिन्दा तथा विद्यार्थीहरू सोही झोलुङ्गे पुल मार्फत वारपार गर्छन्’ सांसद खनालले भनिन्,‘ नानीहरूले पढ्नबाट वञ्चित हुनु नपरोस् । बेलैमा त्यो ड्याम बन्यो भने मात्रै त्यो ठाउँको संरक्षण हुन्छ ।मैले सभामुख मार्फत ध्यानाकर्षण गराएँ ।’
 
ड्यामका कारण गाउँ र झोलुङ्गे पुल जोखिममा परेको विषयमा मन्त्रीलाई समेत जानकारी गराएको बताउँदै सांसद खनालले बर्खा लाग्नु अघि नै ड्याम निर्माण गर्न माग गरिन्  । 
इटहरीको टेङ्ग्रा खोला र मोरङको बुढिखोलको बिचमा अवस्थित छ, खोर्साने खाप । टेङ्ग्रा खोला पारी पर्ने सो गाउँका स्थानीयलाई वर्षको समयमा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुँदै आएको थियो । पछि झोलुङ्गे पुल बनेपछि भने सहज भएको थियो । तर अघिल्लो वर्षको बाढीले गाउँ माथिको ड्याम फुटाए पछि पुल जोखिममा परेको छ । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]