• फागुन ६, २०८१
  • जुनकिरी खबर

इटहरी गोल्डकप : धरान फुटबल क्लबसँग चर्च ब्वाइज स्तब्ध

alt

इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।  मंगलबार इटहरी रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा धरान फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारका लागि स्थान सुरक्षित गरेको छ ।

धरानका लागि ४७ मिनेटमा दोर्जे तामाङ र ५७ औं मिनेटमा विवेक राईले गोल गरेका थिए । चर्च ब्वाइजका लागि कप्तान अनन्त तामाङले ८४ औं मिनेटमा शान्तवना गोल फर्काए । खेलको म्यान अफ दि म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

बुधबार पहिलो सेमिफाइनल खेल पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। राष्ट्रिय जागृति क्लब ९राजा०द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

 

यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]