• फागुन १५, २०८१
  • जुनकिरी खबर

सुनसरीको दुहबीमा अफ्रिकन स्वाइन फ्लु भेटियो

alt

सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।  दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । केन्द्रीय प्राविधिक ल्याब काठमाण्डौले अफ्रिकन स्वइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादारले जानकारी दिए । 

बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, शसस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छादारले बताए । 

दुहबी नगरपालिकाले फार्महरुको अनुगमनलाई कडा बनाएको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशु सेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्महरूको अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

दुहबी पशु सेवा शाखाका अनुसार, दुहबी नगरपालिकाको  ९ र १० नम्बर वडाका वंगुर फार्महरुमा  २५ वटा बंगुर मरेका थिए ।  दुहबी–१० मा १० वटा र दुहबी–९ मा १५ वटा बंगुरको मृत्यु भइसकेको छ। अझै धेरै बंगुर बिरामी देखिएका छन्, जसले रोग थप फैलिने सम्भावना प्रबल बनाएको छ,” शाखा अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]