• फागुन २२, २०८१
  • जुनकिरी खबर

इस्टर्न टुरिजम मार्ट फागुन २५ गते देखी इटहरीमा

alt

इस्टर्न टुरिजम मार्टको पांचौ संस्करण फागुन २५ गते देखी इटहरीमा हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा हुने मार्ट फागुन २५ देखी २७ गतेसम्म चल्ने इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कोसी प्रदेशको पर्यटनका मुख्य लक्षित वर्ग भारतीय पर्यटकहरू र प्रदेशका पर्यटन ब्यवशायीहरुबिच एक स्थानमा जमघट गराएर व्यवसाय आदानप्रदान गराउने उदेश्वले यस पटक पनि मार्टलाई निरन्तरता दिएको बोर्डका कार्यक्रम प्रबन्धक उदय भटराईले जानकारी दिए ।
 
तीन दिनसम्म चल्ने कार्यक्रममा प्रदेशका व्यवसायी, आकर्षण र गन्तव्यहरूको एकीकृत प्रवर्द्धन हुने गरी विभिन्न प्रस्तुति रहने कार्यक्रम संयोजक रबिन गौतमले जानकारी दिए । 
 
भारतको बङ्गाल, बिहार, सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्था गरी एक सय ५० स्टलहरू रहने कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।
 
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुन २५ गते उद्घाटन गर्ने कार्यक्रमको समापन २९ गते विराटनगरमा गरिने नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक भटराईले बताए । कार्यक्रमका दौरानमा प्रमुख पर्यटकीय गन्तव्यहरू धरान, भेडेटार, वराहक्षेत्र, कोश टप्पु, रामधुनी लगायतका स्थानहरूको अवलोकन तथा अन्तरक्रिया गराइने छ ।
 
कार्यक्रममा पूर्व क्षेत्रको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने ब्यवशायीहरुलाई पर्यटन अवार्डले सम्मान गरिने जनाइएको छ ।
कार्यक्रम सम्पन्न गर्न पर्यटन बोर्डले ३० लाख, इटहरी उपमहानगर र कोसी प्रदेश सरकारले पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने भटराईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]