• चैत ८, २०८१
  • जुनकिरी खबर

सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन

alt

सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत दोस्रो दिन शुक्रबार सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको हो ।

दुहवीको सरस्वती माध्यमिक विद्यालय र गढीको पनि सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको हो ।

दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेत समेत गरिएको प्रजिअ मिश्रले जानकारी दिए । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको प्रजिअ मिश्रले बताए ।

सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]