• चैत १०, २०८१
  • जुनकिरी खबर

प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा सुरु

alt

प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आज(आइतबार)बाट मोरङको विराटनगरमा सुरु हुँदैछ ।  तीन दिन सम्म चल्ने महाधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंखर पोखरेलले गर्ने भएका छन् । 

यस अघि महाधिवेशनको उद्घाटन प्रधामन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो । अध्यक्ष ओली नआउने भएपछि महासचिव पोखरेलले उद्घाटन गर्ने  प्रेस चौतारीले जनाएको छ । महाधिवेशनमा सहभागि हुन देशभरका चौतारीमा आवद्ध ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् । 

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष द्धय गणेश पाण्डे र राजेश राईले उम्मेद्वारी घोषणा गरेका छन् । 

यस अघि पाण्डेलाई एमालेले गत फागुन २८ गते पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिव बनाएको थियो । तर उनले चैत्र ८ गते सो पदबाट राजिनामा गर्दै चौतारीको अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थिए । अध्यक्षमा उठ्ने भएपछि दोहोरो जिम्मेवारीमा नरहने भन्दै उपाध्यक्ष पाण्डेले राजिनामा दिएको बताएका थिए । 

यस अघिबाटै उपाध्यक्ष राजेश राईले अध्यक्षको दावेदारी दिँदै आएका थिए । उपाध्यक्ष राईले चुनावी प्रतिस्पर्धा गर्दै नेतृत्व चयन गर्नुपर्ने माग राख्दै आएका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]