• चैत २४, २०८१
  • जुनकिरी खबर

सुनसरीमा ‘हनी ट्रयाप’ मा पारेर पाँच लाख रुपैया असुल

alt

सुनसरीमा ‘हनी ट्रयाप’ मा पारेर पाँच लाख रुपैया पैसा लिएको बिषय सार्वजनिक भएको छ । एक युवालाई ‘हनी ट्रयाप मा पारेर पाँच लाख रुपैयाँ युवतीका परिवारले लिएको विरोधमा सुनसरी हरिनगर गाउँपालिका वडा नं। २ भुटाहामा आइतबार केहीबेर तनावग्रस्त बन्यो । हरिनगर गाउँपालिका वडा नं। २ का २३ वर्षीय माजिद अन्सारीलाई सोही ठाउँकी युवतीले माया प्रेमको विषयलाई ‘हनी ट्रयाप’ मा पारेर शनिबार राति पाँच लाख रुपैयाँ परिवारले लिएको थियो ।

त्यही विषयलाई लिएर युवा पक्षीय समूहले आइतबार भुटाहामा प्रदर्शन गरियो । सो क्रममा युवती पक्षीय समूह पनि प्रदर्शनमा उत्रियो । जसले गर्दा ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि कुनै अप्रिय घटना हुन पाएन् । प्रहरीका अनुसार दिउँसो २ बजेदेखि तनाव साम्य हुन पुग्यो । समयमै ठूलो संख्यामा प्रहरी परिचालन नगरिँदा भने मानवीय क्षति हुने खतरा रहेको थियो । युवासँग युवती पक्षीयले लिएको पाँच लाख रुपैयाँ पैसा फिर्ता गरेपछि तनाव सहज भएको हनिरगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् । केटी पक्षले गल्ती भएको स्वीकार गरी पैसा फिर्ता गरेकाले गर्दा अहिले भुटाहाको अवस्था शान्त रहेको छ ।

प्रेम सम्बन्धमा रहेकी युवतीलाई परिवारले दबाब दिएर प्रेमी युवालाई घर भित्रै बोलाएर कुटपिट गरेको र पाँच लाख रुपैयाँ तिरेका थिए । प्रहरीका अनुसार समाजका केही अगुवासहित केटी पक्षले पैसा लिए र प्रदर्शनपछि उनीहरूकै सहमतिमा पैसा फिर्ता गरेको अवस्था छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]