• चैत २८, २०८१
  • जुनकिरी खबर

एसियन हाइवे निर्माणले अस्तब्यस्त बन्दै सडक

alt

एसियन हाइवे अन्र्तगत झापाको काँकडभिट्टा देखी सुनसरीको लौकही सम्म सडक निर्माण कार्य धमाधम भइरहेको छ ।  पूर्वपश्चिम मुख्य हाइवेको यो खण्डको यात्रा अहिले निकै सकसपूर्ण बन्ने गरेको छ । यो बाटो भएर यात्रा गर्दै हुनुहुन्छ भने तपाईको यात्रा केही असहज पनि बन्न सक्छ ।

धुलो र पानी परेपछि अहिले हिलाम्य यो सडक भएर यात्रा गर्दा आवशयक सजकता अपनाउनु पर्ने देखिएको छ ।   सडकको दुई तर्फ ड्रेन निर्माण र माटो पुर्ने काम हुँदैछ । धेरै ठाउँमा सडक भत्काएर डाइभर्सन गरिएको छ । पुल निर्माण गर्न बनाइएका डाइर्सनले यात्रा निकै जोखिमपूर्ण बनेको छ ।

यो खण्डमा ५ सय भन्दा धेरै साना ठुला पुल निर्माण हुँदैछन् । जसका लागि सडकलाई डाइर्भसन गरिएको छ । जसले यात्रालाई अप्ठ्यारो बनाएकोछ  । त्यसमा पनि बुधबार र विहिबार पानी परेपछि झन सडक यात्रा निकै जोखिमपूर्ण बनेको छ । विशेष गरी साना सवारी साधनमा यात्रा गर्ने यात्रु तथा दुई पाङ्ग्रेमा यात्रा गर्ने यात्रुलाई अझ बढि सकस पूर्ण हुने गरेको छ । 

धुलाम्मे र बर्षामा हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ । काँकडभिट्टा देखी लौकही सम्म ५ वटा प्याकेजमा सडक निर्माणको काम हुँदैछ । प्याकेज १ मा काँकडभिट्टादेखि सीतापुरीसम्म पर्छ । 

प्याकेज २ मा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज ३ गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ। प्याकेज ४ मा कन्काई, बिरिङ, निन्दा पुल पर्छन्। प्याकेज ५ तीन सयभन्दा बढी पुल निर्माण पर्छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]