• चैत २८, २०८१
  • जुनकिरी खबर

धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी

alt

धरान उपमहानगरपालिका ६ पाँचकन्या सामुदायिक वनमा मृत भेटिएकी महिलाको पहिचान भएको छ । सोमबार तत्काल नाम, थर, वतन नखुलेकी महिलाको शव फेला परेको थियो ।

तत्काल पहिचान नभएपनि उनको बिहीबार पहिचान खुलेको छ । उनी इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल (बुढाथोकी) रहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार इटहरी घर भएकी ती महिलाको माइती धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती रहेको खुलेको छ ।

चुनकुमारीका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरेका हुन् । मृतक चुनकुमारीका श्रीमान प्रेम बुढाथोकी वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् ।

उनी कोरिया गएको ५ बर्षपछि गत पुषमा करिब एक महिना बिदामा आएको र पुनः कोरिया नै फर्किएको परिवारजनले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]