• चैत ३१, २०८१
  • जुनकिरी खबर

मेयरकप अन्तरपालिका क्रिकेटको उपाधि विराटनगरलाई

alt

साविक विजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरी-९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको विजयी लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरका लागि मिनस थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले । ४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउँदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेस रायको ६१ रनमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । इटहरीका लागि अंकित सुवेदीले २५ रन बनाउँदा गौरव कटुवाल र सुमन गहतराजले समान १९ रन जोडे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विराटनगरका दिपेश कँडेल घोषित हुँदै नगद ७ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर इलामको माई नगरपालिकाका अनिल लामिछाने र बलर मोरङको कटहरी गाउँपालिकाका प्रेम कामत भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पाए । उपाधि विजेता विराटनगरले नगद १ लाख रुपैयाँ र उपविजेता इटहरीले नगद ५० हजार पुरस्कार पाएका छन् । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा कोशी प्रदेशका १८ पालिका सहभागी थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]