• वैशाख ३, २०८२
  • जुनकिरी खबर

इटहरीमा बैगुने मेलामा भक्तजनको घुँईचो

alt

बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत्येक बर्ष बैशाख ३ गते कचना मन्दिरमा बैगुनको भार र फूलघडा चढाउने गरिन्छ । बैगुनको भार चढाउन अघिल्लो दिनको साँझ देखी नै भक्तजनहरु पूजाका लागि आएका थिए भने आज बिहान राती देखी नै भिड लागेको थियो । 

कचना मन्दिरमा बैगुनको भार र फूलघडा चढाए शरिरमा रहेका मुसा हराउने जनविश्वास रहेको छ । बैगुन चढाउदा खास गरी हात गोडामा आएको मुसा, घाउ खटिरा, छालाका अन्य विभिन्न रोगहरु हराएर जाने विश्वास रहेको छ । 

मानिसहरु शरीर स्वस्थ होस घाउ खटिरा, मुसा हटेर जाओस भनी भाकल गर्दछन् । सो भाकल पुरा भएपछि मन्दिरमा आएर बैगुनको भार,फूलघडा र पानसुपाडी चढाउँछन् । 

यहाँ बैगुनको भार चढाउन देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । पूजा गर्न आएका भक्तजनहरुलाई सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाएको कचना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोसन तामाङले जनकारी दिए । 

बिहानको समयमा धेरै भिड भएकाले लाईनमा लगाएर पूजा गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । 

तराईका आदिवासी थारु समुदायले भने यस मन्दिरलाई थानको रुपमा पूजा गर्दै आएका छन् । बैशाख १ गतेबाट सुरु हुने सिरुवा धामको रुपमा पूजा गर्दछन् ।

 सिरुवा मेलामा आफ्ना पूर्वजहरुलाई सम्झिएर बैगुनको भार, फूलघडा, पानसुपारी चढाएर पूजा गरिने ग्रामथान संरक्षण समिति कोशी प्रदेशका अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । 

कचना थानमा ठुलो मेला लाग्ने गर्दछ । मेलाको मख्य आकर्षणको रुपमा जुलवी रहेको छ । मेलाबाट अन्नी धानको भूजा, जुलेवी, मिठाई खाने र कोशेलीको रुपमा घर लैजाने परम्परा रहेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]