• वैशाख ५, २०८२
  • जुनकिरी खबर

सुनसरीको विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ

alt

सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिका १ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी ५ का २० वर्षीय करण चौधरी, इटहरी ४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका ५ का ४२ वर्षीय प्रेमकुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा ६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान ८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय किशोरको मादेन, सुनसरी धरान उपमहानगरपालिका १० का २७ वर्षीय निरन श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई ब्राउनसुगर ३१.९६ ग्रामसहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी धरान ११ बाट अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउनसुगर ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल ४० क्याप्सुल, कोलिवन ३० ट्याब्लेटसहित पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]