• जेठ २, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशमा बेरुजु शून्यमा झार्ने अभियान सुरु

alt

भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली बोलाएर दुवै मन्त्रालय मातहतका कार्यालयका कर्मचारीहरुको भेला गराएर बेरुजु शून्यमा ल्याउने अभियान सुरु गरेका हुन् ।

भेलामा बेरुजु फर्छयौटमा देखिएका समस्याहरूको बारेमा महालेखा परीक्षक कार्यालयका नायब महालेखापरीक्षक बालकृष्ण थापाले सहजीकरण गरेका थिए । कार्यालय प्रमुख तथा लेखा अधिकृत र लेखापालहरुले बेरुजु फर्छयौटमा देखिएको कठीनाइहरूको बारेमा खुलेर जिज्ञासा राखका थिए । कर्मचारीहरूले राखेको प्रत्येक जिज्ञासाको नायब महालेखापरीक्षक थापाले जवाफ दिएर सहजीकरण गरेका हुन् ।

उनले बेरुजु फर्छयौटमा आउने जस्तोसुकै समस्याको बारेमा जुनुसुकै बेला समाधान गर्न तत्पर रहेकोले सम्पर्क र समन्वयमा बेरुजु फर्छयौट अभियानलाई सफल पार्न आग्रह गरे । मन्त्रालयका सचिव अशोक कुमार साहले प्रत्येक कार्यालयका कार्यालय प्रमुख र लेखा फाँटका प्रमुखलाई जसरी पनि बेरुजु फर्छयौट गर्न निर्देशन दिए ।

उनले एक सातामा नभए महिनामा एक दिन बेरुजु फर्छयौटका लागि समय निकाल्न सकिए कुनैपनि कार्यालयमा बेरुजु नरहनेतर्फ कर्मचारीहरुको ध्यानाकर्षण गराएका हुन् ।

राज्यमन्त्री भूमी राजबंशीले सचेत प्रदेशमध्येका कोशी प्रदेश अन्य ४ वटा प्रदेशभन्दा बेरुजुमा पछाडी हुनु लाजमर्दो विषय भएको बताएका छन् । उनले कुनैपनि काम पारित भएको बजेट, आर्थिक लगायतका ऐन, नियम, निर्देशिका, कार्यबिधि, मापदण्ड अनुसार मात्रै गरेर खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्री राईले जनताको करबाट तलब भत्ता खानेले गर्न नभई नहुने काम अन्तर्गत बेरुजु पर्छयौट पनि रहेको सबैले बुझ्नु अपरिहार्य रहेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]