• साउन १४, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशका सडक दुर्घटनामा ४१८ जनाको मृत्यु

alt

कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ एक वर्षको अवधिमा सडक दुर्घटनामा ४१८ जनाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेको संख्या ७११ जना र सामान्य घाइते हुनेहरू ८ हजार ५३० जना  रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
 
ट्राफिक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै मुख्य कारण रहेको बताइएको छ । कार्यालयले भनेको छ ‘हाल सम्मको तथ्याङ्कलाई हेर्ने हो भने सवारी दुर्घटनामा चालकको लापरबाही नै मुख्य कारण रहेको पाइन्छ ।’
 
तथ्याङ्क अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । उनीहरूबाट जरिवाना स्वरूप कुल १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
 
कार्यालयले भनेको छ ‘ट्राफिक नियमको बारेमा जानकार हुँदाहुँदै पनि लापरबाही पूर्वक सवारी साधन चलाई ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाही गरिएको हो ।’ कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी रहेको छ ।
 
उक्त कार्यालय मातहतमा १४ जिल्ला ट्राफिक प्रहरी कार्यालय, ९६ वटा ट्राफिक प्रहरी इकाईहरूबाट दैनिक ट्राफिक निगरानी हुँदै आएको छ । ट्राफिक नियम पालना गराई मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न ट्राफिक प्रहरीले एक वर्षको अवधिमा प्रदेशभर २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
 
सचेतनामा ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, सडक प्रयोगकर्ता, बिद्यार्थीहरु सहभागी भएको तथ्याङ्क छ । प्रदेशका मुख्य र सहायक मार्गहरूमा ९३२ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर एएनपीआर प्रविधिको सिसी क्यामेरा जडान गरिएको छ ।
 
लामो दुरीको सवारी, भारतीय सवारी जाँच गर्न ६ ठाउँमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, गति नियन्त्रणको लागि २१ स्थानमा टाइम कार्ड ईन्ट्री गरिन्छ । ट्राफिक जरिवाना पारदर्शी बनाउन टिभीआरएस/ई-चलान लागु गरिएको छ ।
 
लागुपदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटना न्यूनीकरण गर्न लागूपदार्थ सेवन र मादक पदार्थ सेवन जाँच, तीव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगन चेकजाँचको व्यवस्था छ । सवारी नियमन, दुर्घटना न्यूनीकरण गर्न दैनिक २३९ ठाउँमा चेकजाँच गरिँदै आएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]