• साउन १९, २०८२
  • जुनकिरी खबर

सीमा क्षेत्रमा भइरहेको तस्करी रोक्न मुख्यमन्त्रीको निर्देशन

alt

कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न उक्त बैठकमा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा सीमावर्ती क्षेत्रमा देखिएका चुनौतीबारे विस्तृत छलफल गरिएको हो।

बैठकमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार बैठकमा कोशी प्रदेशमा हाल देखिएका सुरक्षा चुनौतीहरू, लागूपदार्थको बढ्दो प्रयोग र ओसारपसार, सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण लगायतका विषयमा कार्ययोजनासहितको निर्णय गरिएको छ। मुख्यमन्त्री कार्कीले बैठकमा बोल्दै चाडपर्वहरू नजिकिँदै आइरहेकाले कालोबजारी नियन्त्रण तथा बजार अनुगमनलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

साथै, विराटनगर र इटहरीलगायतका सहरहरूमा हुने रथयात्राका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए।

बैठकमा विपद् व्यवस्थापनका लागि स्थानीय तहसम्म आवश्यक उपकरण व्यवस्थापन गर्ने, लागूऔषधको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, सडक सुशासन कायम गर्न प्रदेशभर आवश्यक कार्ययोजना लागू गर्ने, सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा प्रभावकारिता ल्याउने, रथयात्रा लगायत भीडभाड हुने कार्यक्रमहरूमा शान्ति सुरक्षाको प्रत्याभूति गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीहरूको समेत सहभागिता रहेको थियो। बैठकको अध्यक्षता प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]