• साउन २६, २०८२
  • जुनकिरी खबर

सुनसरीमा बस र विङगर ठोक्किँदा चार जनाको मृत्यु

alt

पूर्वपश्चिम राजमार्ग स्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा  चार जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये  ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छन् ।
 
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ जलुवा टोल स्थित पूर्व पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेल तर्फ जाँदै गरेको मे  १ ख १७९९ नम्बरको बस र विपरीत दिशा तर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिला सहित ३ जनाको मृत्यु भएको हो ।
 
घाइते तथा मृतक पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घाइतेहरूलाई उपचारको लागी सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको खतिवडाले जानकारी दिए । बस चालक झापा अर्जुनधारा नगरपालिका १ बस्ने वर्ष ३६ को गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]