• कार्तिक २, २०७६
  • जुनकिरी खबर

महरालाई मुटुमा समस्या

alt

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

१० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको हो ।

उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

असोज १२ गते राती संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेसँगै उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालेको छ ।

शाहीलाई बलात्कार प्रयासमा पक्राउ गरेकै दिनदेखि महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]