• कार्तिक २, २०७६
  • जुनकिरी खबर

सेनालाई चीनको साढे दुई अर्ब सहयोग

alt

चीन सरकारले नेपाली सेनालाई सैन्य सामग्री खरिद गर्न करिब २ अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सैन्य सहयोगको यो सम्झौतामा नेपालका तर्फबाट चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गर्ने रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनुवारले जानकारी दिए । 

सम्झौतामा हस्ताक्षरका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृतिदिइसकेको छ । सैन्य सामग्री खरिदका लागि बेइजिङमा सम्झौता हुनेछ ।

चीन सरकारले गत वर्ष नेपालीसेनालाई करिब १ अर्ब ५० करोड रुपैयाँ सैन्य सामग्री खरिद गर्न अनुदान दिएको थियो ।

सेनाको स्टाफ कलेजद्वारा सम्माननेपाली सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’ ले शुक्रबार कलेजमा पढेका प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल र पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठलाई ‘हल अफ फ्रेम’ आयोजना गर्दै सम्मान गरेको छ । कलेजले सम्मानस्वरूप तीनै व्यक्तिको तस्बिरलाई ‘हल अफ फ्रेम’ कोठाको व्यवस्था गर्दै राखेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]