इटहरीको मुख्य चौक धुलोको कारण हिँडन सक्ने अवस्थामा नभएको भन्दै इटहरीबासीले केहीबेर ढाट लगाएर मुख्य हाईवे अवरुद्ध गरेका छन् । इटहरी विराटनगर लाइनका स्थानीयले धुलोका कारण सास्ती खेप्नुपरेको भन्दै हाईवे अवरुद्ध गरेका हुन् । जोगवनी किमाथाङ्का जोड्ने ६ लेन सडकको निर्माण कार्यप्रति जनताको प्रश्नैप्रश्न छ । खाल्डाखुल्डी सडकको कारण हाईवेमा हिँडन सक्ने अवस्था नभएको भन्दै सडकमै बाँस लगाएर बाटो अवरोध गरेका थिए ।
इटहरीमा धुलोका कारण हिँडन समस्या हुँदासमेत सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै केहीबेर मुख्य हाईवे नै अवरुद्ध भएको थियो ।
६ लेन सडक निर्माण भइरहेको सडक अति व्यस्त भएपनि सडकमा रहेका खाल्डाखुल्डी र धुलोले समस्या बनाएको कारण आफुहरु सडकमा आउनुपरेको स्थानीय रविन लिम्बुले बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved