अरब सागरको पूर्वी मध्य भाग र भारतको उत्तरप्रदेशमा एकै पटक न्यूनचापीय प्रणाली विकसित भएपछि त्यसको असर नेपालभरी परेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको असर भारतका विभिन्न भागमा पनि देखा परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले हिमाली भागका स्थानहरुमा यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यस वर्षको मनसुन १९ दिन ढिलो गरी गत शनिबार मुलुकबाट बाहिरिएको एक सातामै मौसममा बदली आएको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved