अरब सागरमा विकसित भएको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसममा बदली आएको छ ।
जल तथा मौसम विज्ञान विभागअनुसार हाल देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मंगलबार दिउँसो देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् । यस्तै देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ ।
मध्ये र पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार राति पनि देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदलीका अवस्थामा रहने छ ।
राति पूर्व र मध्यका पहाडी क्षेत्रको एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पहाडी क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिइएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved