• कार्तिक ५, २०७६
  • जुनकिरी खबर

नेवार समुदायले १३ गते भाइटीका लगाउने

alt

नेपालीको दोस्रो ठूलो महान् चाड तिहान नजिकिदै छ। नेपाल पञ्चाङ निर्णयक समितिको भाइटीकाको साइत निकालिसकेको छ। पञ्चाङ निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते ११:५५ लाई तोकेको छ। निर्णयक समितिको १२ गतेलाई भाइटीका तोकेको भए पनि सिन्धुपाल्चोकका नेवार समुदाय कात्तिक १३ गते भाइटीका मनाउने तयारीमा पुगेका छन्। सिन्धुपाल्चोकका चौतारामा बसेको सिन्धु नेवा खल, सिन्धुपाल्चोकको बैठकले यो वर्षको भाइटीका कात्तिक १३ गते मनाउने निर्णय गरेको खलका अध्यक्ष माधवलाल कर्मचार्य जानकारी दिए।

कात्तिक ११ गते लक्ष्मी पूजा, १२ गते म्ह पूजा र न्हू दँ, १३ गते भाइटीका मनाउने निर्णय गरेको उनले जनाए। तर, पञ्चाङ निर्णायक समितिले भने सोमबार पञ्चाङ निर्णायक समितिले विज्ञप्ति जारी गर्दै कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गरायो। कात्तिक १० गते लक्ष्मीपूजा र कुकुर तिहार परेको निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जनाएका छन्। बिहान कुकुरपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने बताइएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]