पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका पशुपतिस्थित घाट सेवा केन्द्रका कामदारहरुको माग सम्बोधन भएको छ ।
कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय गरेसँगै उनीहरुको माग सम्बोधन भएको हो ।
कामदारहरुले बुधबार माग पूरा नभएसम्म अनिश्चित रुपमा शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने जस्ता कामहरु बन्द गरिएको घोषणा गरेका थिए । लगत्तै कोषले उनीहरुको माग सम्बोधन गर्दै पारिश्रमिक बढाउने निर्णय गरेको हो ।
कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार शवदाह सेवा शुल्क रु १२०० बाट बढाएर १५०० बनाइएको छ । त्यसैगरी, १० वर्षसम्मको बच्चाको शबदाह शुल्क ७०० बाट ९०० पुगेको छ । १० वर्षभन्दा माथिका दशनामी, गिरी, पुरी भारतीको खाडल खनेको १२०० बाट २५ प्रतिशत बढेर १५०० पुगेको छ ।
त्यस्तै, दाउरा परिवहन तथा चिता निर्माण ४०० बाट बढाएर ६०० बनाइएको ढकालले जानकारी दिए । चपरी खनेवापत दिइँदै आएको रकम पनि ३०० बढाएर ४०० पुर्याइएको ढकालले जानकारी दिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved