कोशी टप्पु बन्य जन्तु आरक्षमा शुक्रवारबाट चरा गणना हुने भएको छ । कोसी टप्पु बन्य जन्तु आरक्ष र कोसी बर्ड सोसाइटीको आयोजनामा हुने चरा गणना चार दिन सम्म चल्ने छ ।
कोसी टप्पु बन्य जन्तु आरक्षमा मात्रै ५सय २६ प्रजातीका चराहरु पाइन्छन् । चराको स्वर्गका रुपमा चिनिने आरक्षमा हरेक बर्ष चरा गणना हुने गरेको र यस बर्ष पनि चरा गणनाको आयोजना गरिएको कोसी टप्पु बन्य जन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए ।
उनले पहिलो दिन सुनसरीको चतराबाट चरा गणना शुरु गरिने छ ।दोस्रो दिन प्रकाशपुरको राजाबासबाट चरा गणना गरिने कोसी वर्ड सोसाइटीका अध्यक्ष अनिष तिम्सिनाले बताए । चरा गणना कोसी व्यारेज सम्म हुने छ ।
उनका अनुसार जल पक्षी र स्थल पक्षी गणनामा छुट्टा छुट्टै टोली परिचालन गरिने छ । अन्तिम दिन चाँही सुनसरीको वर्जु ताल, तरहराको पानी पियाँ क्षेत्र, मोरंगको बेलबारी स्थित बेतना सिमसार र उर्लाबारीको बेतीनी सिमासार क्षेत्रमा समेत चरा गणना गर्ने कार्यक्रम रहेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved