• फागुन १, २०७६
  • जुनकिरी खबर

दोहन रोक्ने सांसदको माग

alt

मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगले खोला–नदीको तीव्र दोहन गरिरहेको भन्दै प्रदेश सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा बैठकमा बुधबार उनीहरूले सरकारले ल्याएको प्रदेश वातावरण संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दोहन रोक्ने व्यवस्थाको माग गरेका हुन् । 

सत्तारूढ दलका सांसद एवं प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति सभापति सर्वध्वज साँवा लिम्बुले राजमार्ग, खोला किनारबाट ५ सय मिटर टाढा, शिक्षण र धार्मिक संस्था, पूरातात्विक र सांस्कृतिक महत्त्वको स्थानबाट टाढा राखिनुपर्नेमा यो मापदण्ड क्रसरहरूले पालना नगरेको बताए ।


‘लेटाङ नगरपालिकास्थित चिसाङ नदी र केराबारी गाउँपालिकास्थित खदम र गछिया नदीको अनुगमन गर्ने क्रममा नदीजन्य पदार्थसँगै माटोमुनीको ढुंगासमेत निकालेर उत्खनन गरी पोखराको सेती नदीभन्दा गहिरो बनाइएको छ,’ उनले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]