• वैशाख १४, २०७७
  • जुनकिरी खबर

बन्दुकसहित धरानबाट दुई पक्राउ

alt

बिशेष सूचनाका आधारमा प्रहरीले धरानका दुई वडाबाट दुई थान हतियार सहित दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरीले उनिहरुलाई दुई थान हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीले धरान १३ निवासी ४० बर्षीय मुलुकसिंं लिम्बु र धरान ११ मा डेरा गरि बस्ने झापा अर्जुनधारा ७ घर भएका १९ बर्षीय प्रक्षित जंग क्षेत्रीलाई हतियार सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेले बताएका छन् ।

शुक्रबार राती करिब ९ बजे उनिहरुलाई २ वटा वडाबाट १२ बोरको बन्दुक र अर्को राइफलको म्याग्जिन, गोलीसहित पक्राउ गरिएको हो । धरान ११ स्थित सुचिम राईको घरको तलासी लिदा डेरा गरी बस्ने प्रक्षितजंग क्षेत्रीको कोठाबाट मेड्इन क्यानाडा लेखिएको १२ बोरको बन्दुक भेटिएको धरान प्रहरीले बताएको छ । मुलुकसिंहले मेड इन क्यानडा लेखिएको १२ बोर बन्दुक १५ हजार रुपैयाँमा बन्धकी राखेको बुझिएको छ । लाइसेन्स प्राप्त हतियार भए पनि बन्धकी लगाएका कारणले उनलाई पनि पक्राउ गरिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]